संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको पुत्ला दहन

मिति: २०२३-१२-२५ , समय : २१:३०:३० , Our Pradesh

Our Pradesh

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको पुत्ला दहन भएको छ।

 

केही दिनअघि मन्त्री किरातीले दिएको अभिव्यक्तिविरूद्ध सनातन धर्मावलम्बीहरूले सोमबार बुटवलमा पुत्ला दहन गरेका हुन्।

 

गत पुस ५ गते काठमाडौंमा भएको क्रिसमस महोत्सवमा मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधान नमान्नु सरह भएको र संविधान मान्दिनँ भन्नेहरू देशद्रोही भएको अभिव्यक्ति दिएका थिए।

 

उक्त अभिव्यक्तिपछि मन्त्री किरातीको चौतर्फी आलोचना भएको थियो। वर्षौंदेखि मिलेर बसेका जातजाति, भाषाभाषी र धर्मावलम्बीहरूका बीचमा मन्त्री किरातीको अभिव्यक्तिले वैमनश्यता ल्याएको भन्दै मन्त्री पदबाट राजीनामा दिनुपर्ने माग समेत गरिएको थियो।

प्रकाशित मिति: २०२३-१२-२५ , समय : २१:३०:३० , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित