बालकुमारी घटना सम्बन्धमा मृतकका परिवार र सरकारबीच ४ बुंदे सहमति
मिति: २०२४-०१-०१ , समय : २१:१४:४९ , Our Pradesh
मिति: २०२४-०१-०१ , समय : २१:१४:४९ , Our Pradesh
Our Pradesh
पुस १६, २०८०
बालकुमारी घटना सम्बन्धमा मृतक परिवार र सरकार पक्षबीच ४ बुंदे सहमति भएको छ । ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको झडपमा अछामका विरेन्द्र शाह र दैलेशका सुजन राउतको मृत्यु भएको थियो ।
सहमतिमा मृतकका परिवारका १ १ जनालाई उपयुक्त खालको रोजगारी उपलब्ध गराउने, सरकारले राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र सहजीकरण गर्ने उल्लेख छ । यस्तै मृतक विरेन्द्र शाह, सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारवाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने र मृतकका परिवारले आजै शव बुझ्ने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पु¥याउने प्रबन्ध गृह मन्त्रालयले गर्ने सहमति भएको छ ।
प्रकाशित मिति: २०२४-०१-०१ , समय : २१:१४:४९ , १ वर्ष अगाडि