पुष २२ गते आईतबारको तपाईको दैनिक राशिफल
मिति: २०२४-०१-०७ , समय : ०८:५७:४१ , Our Pradesh
मिति: २०२४-०१-०७ , समय : ०८:५७:४१ , Our Pradesh
Our Pradesh
आज मिति वि.सं.२०८० पुष २२ गते आईतबार ई.सं.२०२४ जनवरी ०७ नेपाल सम्बत ११४४ थिंलागा एकादशी, नाम संवत्सर सूर्य दक्षिणायणं हेमन्त ऋतु, पुष कृष्ण एकादशी, चन्द्रमा तुला राशिमा,विशाखा नक्षत्र,शुल योग,बव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५५ बजे, सूर्यास्त साँझ ०५: २४ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): लगनशीलताले काममा उत्साह जगाउने समय छ । नयाँ काम सुरु गर्न सकिनेछ । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका जुर्न सक्छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ भने कतै आतिथ्यपूर्ण सम्मान मिल्ने योग छ । तर, कृषि तथा पशुपालनमा भने खर्च बढ्नेछ । अनुकूलता वृद्धि भइ आनन्द बढ्नेछ । रोकिएको काममा सफलता मिल्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): काम गरेर अरूलाई आकर्षित गर्न सकिने समय छ । सामान्य प्रयासबाटै सफलता मिल्नेछ भने अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनेछन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पूरा हुनेछन् । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): समय केही चुनौतीयुक्त छ । सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । विवादमा पर्न सकिने योग छ, सचेत भइ व्यवहार गर्नुहोला । विचार नपु¥याइ बोल्नाले समस्या उत्पन्न गर्न सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला, निर्णय गलत ठाउँमा पर्न सक्छ । कडा प्रायस गरे पनि सफलता हात नलाग्न सक्ने समय भएकोले सचेतनाको जरुरत छ । तथापि, सामाजिक प्रतिष्ठा मिल्नेछ, गरेका कामको प्रशंसा हुनेछ । आरोग्यता रहनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । आफन्तहरू टाढिनेछन् भने सहयोगीहरूले समेत साथ छाड्ने देखिन्छ । तथापि, पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ । शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिने योग छ । ब्यापारमा पनि लाभ नै होला । रसरागमा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आम्दानी बढ्ने समय छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्ला । भौतिक सुख सुबिधाको साधन प्राप्ति हुनेछ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्नेछ, जसबाट मान प्रतिष्ठा बढ्ला । पराक्रम बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): रोकिएका काम बन्ने, दीगो फाइदा हुने काम तथा जिम्मेवारी हात पार्ने समय छ । काम बने पनि जिम्मेवारी थपिन सक्छ । सुख-दुःखमा साथ दिनेहरू भेटिनेछन् । यात्रामा रमाइलो हुनेछ । बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्न सक्छ, सजग रहनुहोला । साहित्यिक कार्यमा मन जानेछ । ब्यस्तता बढ्नेछ । समस्याको समाधान मिल्ला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ, सावधान रहनुहोला । स्वास्थ्य कमजोर रहे पनि काममा परिस्थितिले साथ दिनेछ । अरूका काममा ज्यादा समय खर्चनुपर्ने योग छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । आरोग्यबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । विलासी काममा आकर्षण बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): शुभता बढ्नेछ । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुने दिन छ । काममा अलिक प्रतिस्पर्धा गर्नुपर्ला । शुभचिन्तकहरूले साथ दिनेछन्, तर केही चुनौती देखापर्न सक्छ । कोशिस गर्दा केही अवसर मिल्न सक्छ । आर्थिक पक्ष सबल बन्नेछ । चुनौतीहरू पार लाग्नेछन् । मान महत्व बढ्नेछ । मिठो भोजन प्राप्त होला । शत्रुलाई परास्त गर्न सकिनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यावसायिक काममा प्रशस्त फाइदा हुने समय छ । प्रेम र मित्रताको बन्धन कसिएला । व्यापारमा पनि फाइदै हुनेछ तर खर्च भने बढ्नेछ । व्यापार–व्यवसायमा फाइदा हुनेछ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् । मिठो भोजन प्राप्त हुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): अरूको मन जितेर अवसर हात पार्न सकिने समय छ । व्यवसायबाट सोचेको लाभ मिल्ला । व्यवसायिक कामका लागि टाढाको यात्राको सम्भावना छ । मित्र वर्गबाट साथ सहयोग पाइनेछ । सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानका बारण मानसम्मान मिल्ला । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । नियमकानूनले साथ दिनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): भाग्यबल वृद्धि हुने समय भएपनि आजको दिन चुनौतीपूर्ण रहला । झमेला, विवाद र चोटपटकको योग छ । आकस्मिक खर्च बढ्न सक्छ, ध्यान राख्नुहोला । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ । काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुनसक्छ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन असहज किसिमले नै बित्न सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । भौतिक साधनको क्षति हुने समय छ । पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला । काममा केही चुनौती देखापर्न सक्छन् । स्वास्थ्यमा देखिने समस्याले नियमित काम प्रभावित हुने सम्भावना छ । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।
तपाईको दिन शुभ रहोस्
प्रतिक्रिया दिनुहोस्
प्रकाशित मिति: २०२४-०१-०७ , समय : ०८:५७:४१ , १ वर्ष अगाडि