विराट गोल्डकपले टिकटको मूल्य घटायो

मिति: २०२३-०३-२७ , समय : १५:५५:५० , आवर प्रदेश

आवर प्रदेश

विराटनगर । विराटनगरमा जारी सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनल खेल आजबाट सुरू हुँदैछ ।

विटनगरस्थित सहिद मैदानमा सुरू हुने रात्रीकालिन विराट गोल्डकपमा आज राती ६ः४५ बजे पहिलो सेमिफाइनल खेल घरेलु टिम विराटनगर सिटी र ‘ए’ डिभिजन टिम जावलाखेल युथ क्लबबीच हुँदैछ ।

जावलाखेलले विभागीय टिम त्रिभूवन आर्मीलाई सडनडेथमा पराजित गरेको थियो भने घरेलु टिम विराटनगर सिटीले पूर्व विजेता विभागीय टिम नेपाल पुसिललाई १–० गोलले हराउँदै सेमिफाइनलको स्थान सुरक्षती गरेको थियो ।

आयोजकले विराट गोल्डकपको सेमिफाइनल खेलको टिकटको मुल्य घटाएको छ । आज विहान पत्रकार सम्मेलन गरी सेमिफाइनलमा टिकट दर घटाएको जानकारी गराएको हो । सेमिफाइनल खेलको टिकट दर परिमार्जन गरेर ५०० बाट ३०० रुपैयाँ कायम गरेको विराट गोल्डकपका सह–संयोजक शुभासिश कोइरालाले बताए । दर्शकहरुको माग अनुसार टिकट दर घटाइएको उनले बताए ।

सेमिफाइनल खेलहरू यसअघि आयोजकले ५ सय रुपैयाँ टिकट शुल्क तोकेको थियो । प्रतियोगितामा सहभागी हुने दर्शकले टिकट खरिद खुल्ला गरिसकिएको छ ।

भोलि हुने दोस्रो सेमिफाइनलको खेल सशस्त्र प्रहरी बल (एपीएफ) र लुका सकर क्लब केरलाबीच हुनेछ।

आगामी चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहेको छ । नेपालका तीन विभागिय क्लब एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब, संकटा, जावालाखेल र आयोजक विराटनगर सिटी एफसी, भारत केरलाको लुका सकर, भुटानको ड्रुक लयुल फुटबल क्लबले सहभागिता जनाएका छन् ।

यस वर्षको विजेता टिमले २० लाख १५ हजार नगद र उप–विजेताले १० लाख २५ हजार प्राप्त गर्नेछ । यसैगरी विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद २५ हजार पाउने छन् । म्यान अफ द म्याचलाई ११ हजार पुरस्कार दिदै आएको छ ।

प्रकाशित मिति: २०२३-०३-२७ , समय : १५:५५:५० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्