सशस्त्र प्रहरीले वाराह क्षेत्र स्थित सप्तकोसी नदीमा १ सय ६४ किलो गाँजा मध्यरातमा बरामद गरेको छ।

विशाल कुमार मण्डल

मिति: २०२४-०३-२० , समय : ११:१८:०५ , विशाल कुमार मण्डल

विशाल कुमार मण्डल

बुधबार बिहान १ः३५ बजेको समयमा सुनसरीको बराहक्षेत्र नगरपालिका –१ स्थित सप्तोकोशी नदीको किनारमाबाट गाँजा बरामद गरेको हो ।

 

५/६ जना व्यक्तिहरुले डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराले गाँजा बरामद गरेको सुरक्षा बेस चतराले जनाएको छ ।

 

रातको समय भएकोले डुंगा लिई ब्यक्तिहरु फरार भएको र उक्त गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाएको छ ।

 

सशस्त्र प्रहरी बल नेपाल नं ४ गणबाट फाल्गुन १ गते देखि हालसम्म १ एम्बुलेन्ससहित ५६४.४७५ किलो गाँजा बरामद भएको छ ।

 

प्रकाशित मिति: २०२४-०३-२० , समय : ११:१८:०५ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित