पानीबाट हाइड्रोजन इन्धन उत्पादन गरेर गाडी चलाउन सकिने परिक्षण सफल भएको छ

मिति: २०२४-०४-०२ , समय : ०८:२८:३५ , विशाल कुमार मण्डल

विशाल कुमार मण्डल

रंगेली ।  नेपालमा पानीबाट हाइड्रोजन इन्धन उत्पादन गरेर गाडी चलाउन सकिने परिक्षण सफल भएको छ । काठमाडौं विश्वविद्यालयको प्रयोगशालाले पानीबाट हाइड्रोजन उत्पादन गरेर गाडीमा इन्धनको रुपमा प्रयोग गर्न गरेको प्रयोग आइतबार सफल भएको हो । 

 

नेपालमा हाइड्रोजन उत्पादन र गाडीमा रिफ्युलिङ इन्धन भर्ने काम ० सफल भएको विश्व विद्यालयका ग्रीन हाइड्रोजन प्रयोगशालाका प्रमुख डा.विराज सिंह थापाले बताए । 

 

‘नेपालमा एउटा इतिहास बनेको छ । पहिलो पटक हाइड्रोजन उत्पादन भई गाडीमा रिफ्युलिङ भएको छ । नेपालको लागि आज हाइड्रोजन डे हो,’ प्रयोगशालाका प्रमुख सिंह थापाले भने । 

 

विश्व विद्यालयलाई नेपाल कै पानीबाट हाइड्रोजन उत्पादन गर्ने कार्यका लागि नेपाल आयल निगमले सहयोग गरेको थियो । निगमका तत्काल कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले विश्व विद्यालयका लागि अनुदान सम्झौता गरेका थिए । सोही सहयोगमा सुरु भएको नेपालमा हाइड्रोजन उर्जाको प्रयोग ३ वर्षपछि सफल भएको हो । 

प्रकाशित मिति: २०२४-०४-०२ , समय : ०८:२८:३५ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित