मोरङ कांग्रेसको खेलकुद तथा युवा विभागमा ५ जना मनोनित

मिति: २०२३-०३-२८ , समय : १५:१२:१९ , आवर प्रदेश

आवर प्रदेश

विराटनगर। नेपाली कांग्रेस मोरङको खेलकुद तथा युवा विभागले विभिन्न व्यक्तिलाई सदस्यमा मनोनित गरेको छ ।

विभागका प्रमुख तथा मोरङ कांग्रेसका जिल्ला सदस्य प्रकाश दाहालले ५ जनालाई मनोनित गरेका हुन् । दाहालका अनुसार नेपाल टेबुल टेनिस संघका केन्द्रीय सदस्यसमेत रहेका अनुज बानियाँ, इन्द्रराज थापा, राजन न्यौपाने, अनुराग पाठक र बद्री मिश्रलाई सदस्यमा मनोनित गरिएको छ । मनोनित हुनेहरुलाई विराटनगर महानगरपालिकाका मेयरसमेत रहेका मोरङ कांग्रेसका उपसभापति नागेश कोइरालाले मनोनितको पत्र हस्तान्तरण गरेका थिए ।

पार्टीको संगठनलाई बलियो बनाउने गरी काम गर्न मनोनित हुने सदस्यहरुलाई कोइरालाले आग्रह गरे । दाहालले मनोनित हुनेहरुको साथ र सहयोग लिएर खेलकुद तथा युवा विभागलाई चुस्तदुरुस्त बनाउने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति: २०२३-०३-२८ , समय : १५:१२:१९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित