निमित्त कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन
मिति: २०२३-०३-२८ , समय : १५:५९:२७ , आवर प्रदेश
मिति: २०२३-०३-२८ , समय : १५:५९:२७ , आवर प्रदेश
आवर प्रदेश
बिराटनगर, २०७९ चैत्र १४ गते । निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्सद्वारा निर्देशन दिनु भएको छ ।
आजै वहाले कार्यभार सम्हाले पश्चात कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्सद्वारा निर्देशन दिनु भएको हो । निर्देशनको क्रममा वहाले अपराध अनुसन्धान तथा नियन्त्रण, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, लागुऔषध, चोरी तस्करी नियन्त्रण, सिमावर्ति अपराध नियन्त्रणमा चुस्त दुरुस्तरुपमा खटिई बर्तमान चुनौती र समस्याहरुको समाधान गरी समाजमा शान्ति सुरक्षा कायम राख्न निर्देशन दिनु भएको छ ।
प्रकाशित मिति: २०२३-०३-२८ , समय : १५:५९:२७ , २ वर्ष अगाडि