इलाका प्रहरी कार्यालय रंगेली द्वारा फेरि ठूलो सफलता: गाजा तस्करीमा संलग्न दुई व्यक्ति पक्राउ
मिति: २०२४-०७-२१ , समय : १०:३८:१५ , पारस मण्डल
मिति: २०२४-०७-२१ , समय : १०:३८:१५ , पारस मण्डल
पारस मण्डल
इलाका प्रहरी कार्यालय रंगेली द्वारा फेरि ठूलो सफलता: गाजा तस्करीमा संलग्न दुई व्यक्ति पक्राउ
मोरङ, रंगेली— इलाका प्रहरी कार्यालय रंगेलीले गाजा तस्करी र बेचबिखनको गतिविधिमा संलग्न दुई व्यक्तिलाई रङ्गेहात समाउन सफलता पाएको छ। प्राप्त सूचनाका आधारमा, सुनवर्षी ६ की ३५ वर्षीया मधु देवी मेहताले आफ्नै घरमा गाजा बेचबिखन गरिरहेको बेला प्रहरी निरीक्षक सन्तोष खड्काको नेतृत्वमा रहेको टोलीले उनलाई हिरासतमा लिएको हो।
मधु देवी मेहताको साथमा रंगेली वार्ड नं ८ का ३५ वर्षीय नरेश सहनीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूले समाजमा विकृति फैलाउँदै गाजा ओसारपोसार र बेचबिखन गरिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीले विशेष कारबाही सञ्चालन गरेको थियो। प्रहरी निरीक्षक सन्तोष खड्काको नेतृत्वमा टोलीले सफलतापूर्वक यी व्यक्तिहरूलाई घरबाटै समाउन सकेको हो।
प्रहरीले तिनीहरूको थप अनुसन्धान जारी राखेको छ र समाजमा विकृति फैलाउने यस्ता गैरकानुनी गतिविधिहरू रोक्नका लागि कडा कदम चाल्ने प्रतिबद्धता जनाएको छ। स्थानीय बासिन्दाहरूले पनि प्रहरीको यस सफलतामा खुसी व्यक्त गरेका छन्।
प्रकाशित मिति: २०२४-०७-२१ , समय : १०:३८:१५ , ९ महिना अगाडि