मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मिति: २०२३-०३-२९ , समय : ११:४८:४७ , आवर प्रदेश

आवर प्रदेश

मकवानपुर, १५ चैत। बागमती गाउँपालिका-८ सात तले राजबास पुलस्थित सडकमा बा।२५ प १९०८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री बकैया गाउँपालिका-८ खजुरीदमार बस्ने ५० वर्षीय दिल बहादुर स्याङतानको बुधबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०३-२९ , समय : ११:४८:४७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित