रङ्गेली मालपोतको सेवाग्राहीलाई समस्या: नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन रङ्गेली द्वारा पेन डाउन।
नेपाल कानुन लेखापढी एसोसिएसन रङ्गेली द्वारा पेन डाउन गरेका छन्। एसोसिएसनले मालपोत कार्यालयलाई एक विज्ञप्ति जारी गर्दै पेन डाउन गरेका छ।।
मिति: २०२४-०७-२७ , समय : १०:३४:१७ ,
राम कुमार शर्मा
राम कुमार शर्मा
रङ्गेली, ११ श्रावण । नेपाल कानुन लेखापढी एसोसिएसन रङ्गेली द्वारा पेन डाउन गरेका छन्। एसोसिएसनले मालपोत कार्यालयलाई एक विज्ञप्ति जारी गर्दै पेन डाउन गरेका छ।
शुक्रबार रङ्गेली मालपोत कार्यालयले जारी गरेको सूचना अनुसार “जग्गा संबंधित सबैप्रकारका कामकाज गर्न स्थानीय निकाय बाट भ-उपयोग वर्गीकरण सिफारिस प्राप्त गरी पाम मार्फत कम्प्युटरबाट AM नम्बर प्राप्त गरी नियम अनुसार संशोधन राजस्व बुझाई मोठ बाट श्रेष्ठता अध्यावधि गराएर मात्र काम गर्नुपर्ने प्रक्रिया सेवाग्राहीको लागि झन्झटिलो र काम गर्दा समय धेरै लाग्ने भन्दै एसोसिएसनले विरोध जनाएको छ।

“जग्गामा मुद्दा गर्दा, मृत्यु भइसकेको व्यक्तिको नामसारी गर्नुपर्दा, आदि जस्ता कामहरू समेतमा रङ्गेली मालपोत ले शुक्रवार १० गते देखि लागू हुने गरी निकालिएको सूचना अनुसार भू-उपयोगी वर्गीकरण सिफारिस अनिवार्य गराएको छ। तर वाडा ले एक व्यक्तिको नाममा रहेको जग्गाको भू उपयोगी वर्गीकरण सिफारिस अर्को व्यक्तिलाई दिन मिल्दैन। यसरी वाडाले सिफारिस नदिएपछि सेवाग्राही ले सेवा लिन पाउँदैन। त्यसैगरी स्थानीय तह भूउपयोगी वर्गीकरण २०७९ को ऐन अनुसार भू उपयोगी श्रेष्ठता गर्दा राजस्व लाग्दैन। तर मालपोत कार्यालय रंगेलको यो सूचना अनुसार राजस्व लाग्ने भयो। र यसरी जनताले पटकपटक राजस्व तिर्नुपर्ने हुन्छ। जुन कि कतैपनि सही हैन ।” नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका अध्यक्ष अमन नारायण मण्डलले बताएका छन् ।
शुक्रबार एसोसिएसनले एक ज्ञापनपत्र मालपोत कार्यालयलाई बुझाए पनि कार्यालय प्रमुख सन्तोष श्रेष्ठ विदामा रहेको हुनाले मालपोतले कुनै पनि निर्णय दिन नसक्ने बताएका छन्।
हामीले ज्ञापनपत्र बुझायौ । हामीलाई आशा छ आइतबार रङ्गेली मालपोत कार्यालय प्रमुख आएपछि हाम्रो माग सम्बोधन हुनेछ भन्ने आश्वासनमा छु। यदि सम्बोधन नभए हामी थप आन्दोलनमा लाग्नेछ तयार छौँ। यसबाट सेवाग्राहीलाई हुने असहज को जिम्मेवारी मालपोत कार्यालयले नै लिनुपर्ने एसोसिएसनका उपाध्यक्ष केदार प्रसाद घिमिरेले बताएको छ ।



प्रकाशित मिति: २०२४-०७-२७ , समय : १०:३४:१७ , ९ महिना अगाडि