पोखरा महानगरपालिका वडानम्बर २१ मा स्कुल बस दुर्घटना

मिति: २०२४-०७-२९ , समय : ११:१६:३९ , Our Pradesh

Our Pradesh

पोखरा महानगरपालिका वडानम्बर २१ मा स्कुल बस दुर्घटना

पोखरा महानगरपालिका वडा नम्बर २१ मट्टीखान जाने बाटोमा ग १ प ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सहचालक आरती विकको मृत्यु भएको छ भने चालक र २० जना विद्यार्थी घाइते भएका छन्।

वडाध्यक्ष दीपक सुवेदीका अनुसार बसमा २२ जना सवार थिए। सबै घाइतेहरूको उपचार भइरहेको छ।

प्रकाशित मिति: २०२४-०७-२९ , समय : ११:१६:३९ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्