उर्लाबारी: छुरा प्रहार बाट युवकको हत्या, आरोपी फरार
मोरङ्को उर्लाबारी ५ मा रहेको उद्योग बाणिज्य सघं नजिकै मंगलबार साँझ एक युवकको हत्या भएको छ भने मृतक उर्लाबारी ५ आइतबारे घर भएका २१ वर्षीय कुशल दाहाल रहेका छन् ।
मिति: २०२४-०७-३१ , समय : २०:०३:०१ ,
बिबेक खतिवडा
बिबेक खतिवडा
साउन १५, उर्लाबारी । मोरङ्को उर्लाबारी ५ मा रहेको उद्योग बाणिज्य सघं नजिकै मंगलबार साँझ एक युवकको हत्या भएको छ भने मृतक उर्लाबारी ५ आइतबारे घर भएका २१ वर्षीय कुशल दाहाल रहेका छन् ।
साँझ करिब ७:२० बजे आरोपी ३५ वर्षीय सुवास लामाले आफ्नै घरमा दाहाललाई छुरा प्रहार गरेको बताइएको छ। लामा अपराधिक पृष्ठभूमि भएका व्यक्ति हुन् । लामाले पहिले ८ वर्ष जेल सजाय भोगिसकेका छन्।
गम्भीर घाइते दाहाललाई तत्काल उर्लाबारीको गोदावरी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई दमकको लाईफ लाइन अस्पताल र अन्तमा झापाको बि.एण्ड.सी. अस्पताल लगिएको थियो । उपचारकै क्रममा राति ९ बजे दाहालको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
घटनापछि आरोपी लामा फरार रहेका छन् भने प्रहरीले उनको खोजी कार्य तीव्र गरि घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: २०२४-०७-३१ , समय : २०:०३:०१ , ९ महिना अगाडि