छुरा प्रहार गरी युवकको हत्या गरी फरार रहेको आरोपी पक्राउ

रङ्गेली। मोरङको उर्लाबारी नगरपालिका ४ मा छुरा हानेर हत्या गरी फरार रहेको लाई पक्राउ भएको छ।

मिति: २०२४-०८-०१ , समय : ०७:३२:५२ , राम कुमार शर्मा

राम कुमार शर्मा

रङ्गेली। मोरङको उर्लाबारी नगरपालिका ४ मा छुरा हानेर हत्या गरी फरार रहेको लाई पक्राउ भएको छ।

मोरङको उर्लाबारी ४ का २१ वर्षीय कुशल दाहालको हत्या गरी फरार रहेको आरोपीलाई प्रहरीले आज अपराह्न पक्राउ गरेको छ ।
उर्लाबारी-५ का ३५ वर्षीय आरोपी सुभाष लामा लाई प्रहरीले सुन्दरहरैंचा-४ बाट पक्राउ गरेको हो ।

को १ ख ६४७१ नम्बरको बसमा चढेर धरानतर्फ जाँदै गरेको अवस्थामा लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी पोस्ट गछियाका असई किशोर निरौला नेतृत्वको टोलीले पक्राउ गरेर लामालाई इलाका प्रहरी बेलबारीको जिम्मा लगाएको छ ।

साँझ करिब ७:२० बजे आरोपी लामाले घरमा दाहाललाई छुरा प्रहार गरेको बताइएको छ। लामा अपराधिक पृष्ठभूमि भएका व्यक्ति हुन् । लामाले पहिले ८ वर्ष जेल सजाय भोगिसकेका छन्।

उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी प्रहरीले गरेको छ । प्रहरीका अनुसार लामा लठ्ठी र खुकुरी प्रहार गरेर गएराति दाहालको हत्या गरेका थिए ।

प्रकाशित मिति: २०२४-०८-०१ , समय : ०७:३२:५२ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्