आगलागीमा परी एक जनाको मृत्यु, विभिन्न धनमाल जलेर नष्ट
मिति: २०२३-०३-२९ , समय : १२:०४:४५ , आवर प्रदेश
मिति: २०२३-०३-२९ , समय : १२:०४:४५ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं, १५ चैत। रौतहट, ईशनाथ नगरपालिका-६ जयनगर बस्ने शेख ईसरातको घरमा मंगलबार राति आगलागी भई सोही ठाउँ बस्ने मजिबुर रहमानको घरमा समेत आगलागी हुँदा उक्त आगलागीमा परी रहमानको छोरी १२ वर्षीया राजिया खातुनको घटनास्थलमै मृत्यु भएको छ । आगलागीबाट दुवै जनाको घर जलेर करिब १८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सिरहा, धनगढीमाई नगरपालिका-१२ बस्ने राम नारायण महतो समेत पाँच जनाको सिसौको बारीमा मंगलबार दिउँसो आगलागी हुँदा २० बिघाहमा रहेको सानो तथा ठुलो सिसौका बोट बिरुवाहरु जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
नवलपरासी ९पूर्व०, गैंडाकोट नगरपालिका-२ भृकुटीचोकस्थित पुरानो कागज फ्याक्ट्रीमा बुधबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०३-२९ , समय : १२:०४:४५ , २ वर्ष अगाडि