बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, सुरक्षित अवतरण

मिति: २०२४-०८-०२ , समय : १८:४३:२३ , Our Pradesh

Our Pradesh

बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, सुरक्षित अवतर

साउन,काठमाडौं – काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ।कम्पनीका अनुसार, दर्ता नम्बर ९एन–एएमडी रहेको उडान नम्बर ६५५ को जहाजमा प्राविधिक समस्या देखिएको हो। बुद्ध एयरका प्रवक्ताका अनुसार, जहाजमा समस्या देखिएपछि पाइलटले तुरुन्तै सावधानी अपनाउँदै काठमाडौं फर्काउने निर्णय गरेका थिए।काठमाडौंमा विमान सुरक्षित अवतरण भएको विमानस्थलले जनाएको छ । सो जहाजका यात्रुलाई अर्को जहाजबाट पोखरा पठाउन लागिएको बुध्द एयरले जनाएको छ ।

 

बुध्द एयरका अनुसार इनरुट मौसममा कारण जनकपुर उडेको जहाज पनि काठमाडौं फर्किएको छ ।

प्रकाशित मिति: २०२४-०८-०२ , समय : १८:४३:२३ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्