कोबास कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठ बर्खास्त, प्रवेश निषेध
मिति: २०२४-०८-०५ , समय : १३:३९:०७ , Our Pradesh
मिति: २०२४-०८-०५ , समय : १३:३९:०७ , Our Pradesh
Our Pradesh
विराटनगर – विराटनगरस्थित कोबास कलेजले प्रिन्सिपल सुनिल श्रेष्ठलाई जिम्मेवारीबाट हटाएको छ। सोमबार बिहान कलेज पुग्दा उनलाई गेटबाट प्रवेश निषेध गरिएको थियो।
श्रेष्ठले विना कारण निकालेको भन्दै गेट बाहिर उभिएर आपत्ति प्रकट गरेका थिए। कलेज प्रशासनले प्रवेश गर्न नदिएपछि उनले सञ्चारकर्मीहरूलाई बोलाएर आपत्ति जनाए। श्रेष्ठले कलेज सञ्चालक प्रिया सारडाले प्रवेश नदिएको आरोप लगाए। केही विद्यार्थीहरूको उपस्थितिमा उनले आफ्नो निकासीको बारेमा सञ्चालकसँग स्पष्टीकरण माग गरेका थिए।
प्रशासनले घटनाको बारेमा कुनै जानकारी दिएको छैन। सञ्चारकर्मीलाई समेत विराटनगर–१० स्थित कलेजको परिसरमा प्रवेश गर्न दिइएन। केही दिनअघि श्रेष्ठले कलेज परिसरभित्र भाडामा सटर लिएर बसेका एकजना कन्सल्टेन्सीका सञ्चालकलाई गुण्डागर्दी शैलीमा कुटेका थिए। उक्त घटनाकै कारण कलेजको बद्नाम भएकोले प्रिन्सिपलबाट उनलाई हटाइएको चर्चा छ।
श्रेष्ठले सटरको भाडा नदिएको भन्दै कन्सल्टेन्सीका मेनेजरमाथि कुटपिट गरेका थिए, जसले कलेज प्रशासनलाई यस्तो निर्णय लिन बाध्य बनायो।
प्रकाशित मिति: २०२४-०८-०५ , समय : १३:३९:०७ , ९ महिना अगाडि