स्याङ्जा बिरुवाका अध्यक्ष सूर्य बहादुर कुँवरलाई सहकारी रकम अपचलन आरोपमा पक्राउ पुर्जी जारी
मिति: २०२४-०८-१४ , समय : १३:०९:२२ , Our Pradesh
मिति: २०२४-०८-१४ , समय : १३:०९:२२ , Our Pradesh
Our Pradesh
स्याङ्जा बिरुवाका अध्यक्ष सूर्य बहादुर कुँवरलाई सहकारी रकम अपचलन आरोपमा पक्राउ पुर्जी जा
स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवरलाई सहकारीको रकम अपचलनको आरोपमा पक्राउ पुर्जी जारी भएको छ। सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बिरुवा सेवा केन्द्रबाट ३ करोड ६६ लाख रुपैयाँ अपचलन भएको आरोपमा कुँवरसहित तीन जनालाई पक्राउ गर्न पुर्जी जारी गरिएको हो।
पक्राउ पुर्जी जारी भएका अन्य व्यक्ति सहकारीका बिरुवा सेवा केन्द्रका तत्कालिन सचिव र हालका अध्यक्ष तारेन्द्र बहादुर के.सी. तथा मुक्तिनाथ विकास बैंक बिरुवा शाखाका कस्टमर सर्भिस विभागमा कार्यरत कर्मचारी सन्ध्या भण्डारी रहेका छन्। सहकारीको आन्तरिक अनुसन्धानमा अध्यक्ष कुँवरले २०७९ को स्थानीय निर्वाचनका क्रममा कागजात बिना नै रकम अपचलन गरेको खुलेको छ।
सहकारीका बचतकर्ताहरुले आम सर्वसाधारणको रकम अपचलन गर्नेहरुमाथि कडा कारबाहीको माग गरेका छन्। अनुसन्धानमा गाउँपालिकाका अध्यक्ष कुँवर, सहकारी सेवा केन्द्रका अध्यक्ष के.सी., र मुक्तिनाथ बैंकका कर्मचारी भण्डारीको संलग्नता देखिएको प्रहरी स्रोतले जनाएको छ।
प्रकाशित मिति: २०२४-०८-१४ , समय : १३:०९:२२ , ८ महिना अगाडि