रङ्गेलीको इलाका प्रशासन कार्यालय अब सुविधा सम्पन्न भवनमा स्थानान्तरण हुँदै

रङ्गेलीमा रहेको इलाका प्रशासन कार्यालय अब सुविधा सम्पन्न नयाँ भवनमा स्थानान्तरण हुने तयारीमा छ। नयाँ भवनमा सेवाग्राहीहरूको सुविधालाई ध्यानमा राख्दै बस्ने क्षेत्र, पिउने पानीको व्यवस्था, र राम्रो शौचालय सहितका विभिन्न सुविधाहरू उपलब्ध गराइनेछ।

मिति: २०२४-०८-१७ , समय : २१:०७:५४ , राम कुमार शर्मा

राम कुमार शर्मा

रङ्गेली(मोरङ) – रङ्गेलीमा रहेको इलाका प्रशासन कार्यालय अब सुविधा सम्पन्न नयाँ भवनमा स्थानान्तरण हुने तयारीमा छ। शनिवार प्राप्त सूचना अनुसार नयाँ भवनमा सेवाग्राहीहरूको सुविधालाई ध्यानमा राख्दै बस्ने क्षेत्र, पिउने पानीको व्यवस्था, र राम्रो शौचालय सहितका विभिन्न सुविधाहरू उपलब्ध गराइनेछ।

यसअघि, पुरानो भवनमा सेवाग्राहीहरूले अनेकौं समस्याहरूको सामना गरिरहेका थिए। केही दिनअघि, सेवाग्राहीहरूले भोगिरहेका कठिनाइहरूको बारेमा आवर प्रदेश ले समाचार सार्वजनिक गरिएको थियो, जसको कारण प्रशासन नयाँ भवनमा सर्ने निर्णय गरेको हो।

नयाँ भवनमा स्थानान्तरण भएपछि सेवाग्राहीहरूले थप सहज र गुणस्तरीय सेवा पाउने अपेक्षा गरिएको छ। यस कदमले रङ्गेलीका स्थानीयहरूको प्रशासनिक सेवामा पहुँचलाई सुधार गर्न महत्त्वपूर्ण योगदान दिनेछ।

प्रकाशित मिति: २०२४-०८-१७ , समय : २१:०७:५४ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्