दाङमा रास्वपाका ६० भन्दा बढी युवाहरूले पार्टी परित्याग

मिति: २०२४-०८-१९ , समय : २१:१६:२९ , Our Pradesh

Our Pradesh

दाङमा रास्वपाका ६० भन्दा बढी युवाहरूले पार्टी परित्या

गरेबुटवल, दाङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ६० भन्दा बढी युवाहरूले पार्टी परित्याग गरेका छन्। सोमबार तुलसीपुरस्थित रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले पार्टी छोड्ने घोषणा गरेका हुन्।

दाङ निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य विजय केसीले रास्वपाका सभापति रवि लामिछानेमाथि युवाहरूलाई भ्रमित गरेको आरोप लगाए। उनले रास्वपामा पनि पुराना पार्टीहरूजस्तै नातावाद र कृपावाद हावी भएको बताए। सभापति लामिछाने विवादमा मुछिएपछि नैतिकताका कारणले पार्टीमा बस्न मन नलागेको उनको भनाइ छ। देश विकासका लागि पार्टीको आवश्यकता नभएको भन्दै उनले युवाहरूलाई स्वतन्त्र रूपमा अघि बढ्न आग्रह गरे। दाङ क्षेत्र नम्बर ३ का सभापति मेघराज केसीसहित अन्य क्षेत्रीय सदस्य र तुलसीपुर तथा घोराहीका पदाधिकारीहरूले पनि पार्टी परित्याग गरेका छन्।

प्रकाशित मिति: २०२४-०८-१९ , समय : २१:१६:२९ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित