रंगेलीमा अवैध चप्पल बरामद, बंगली व्यक्ति फरार नेपाली व्यापारी मारमा
मिति: २०२४-०८-२२ , समय : १९:२३:१७ , Our Pradesh
मिति: २०२४-०८-२२ , समय : १९:२३:१७ , Our Pradesh
Our Pradesh
रंगेलीमा अवैध चप्पल बरामद, बंगलादेशी व्यक्ति फरार
मोरङ, मिति २०८१ भदौ ६ गते, रंगेली नगरपालिका–३ आमतोला निवासी नजिया खातुनको घरमा बिगत ५/६ महिनादेखि भाडामा बस्दै आएका एक बंगलादेशी व्यक्तिले अवैध रूपमा लुकाएर राखेका चप्पलहरू बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक सन्तोष कुमार खड्काको नेतृत्वमा गएको टोलीले कानूनी प्रक्रिया पूरा गर्दै १६ वटा ठूला प्लास्टिकको बोरामा राखिएका चप्पलहरू बरामद गरेको हो।
प्रहरीका अनुसार, बरामद चप्पलहरूको अनुमानित मूल्य ८ लाख रुपैयाँ रहेको छ। उक्त बंगलादेशी व्यक्ति फरार रहेका छन् र उनको खोजी कार्य जारी छ। यसै क्रममा सोही दिन रंगेली नगरपालिका–८ दर्वेशा स्थितबाट पनि थप ६ वटा ठूला प्लास्टिकको बोरामा अन्दाजी ३ लाख रुपैयाँ बराबरका अवैध चप्पलहरू बरामद गरिएको छ।
बरामद चप्पलहरू इलाका प्रहरी कार्यालय रंगेलीमा सुरक्षित रूपमा राखिएको छ, र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अवैध व्यापार र तस्करी रोक्न प्रहरीले निरन्तर प्रयास गरिरहेको छ। फरार अभियुक्तको खोजी कार्यलाई तीव्रता दिइने र अन्य संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न प्रहरीले विशेष ध्यान दिइरहेको छ।
प्रकाशित मिति: २०२४-०८-२२ , समय : १९:२३:१७ , ८ महिना अगाडि