दीपकराज जोशी पुनः नेपाल पर्यटन बोर्डको सीईओमा नियुक्त
नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशीलाई पुनः नियुक्त गरिएको छ। बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सर्वसम्मतिले सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
मिति: २०२४-०९-०६ , समय : ०९:५४:३९ ,
Our Pradesh
Our Pradesh
काठमाडौं – नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशीलाई पुनः नियुक्त गरिएको छ। बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सर्वसम्मतिले सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
यो निर्णय तीन सदस्यीय कार्यकारी प्रमुख छनोट उपसमितिले अन्तिम चरणमा १४ जना उम्मेदवारमध्येबाट जोशी, धनञ्जय रेग्मी र ज्ञानेश्वर सिंह महतोको नाम सिफारिस गरेपछि आएको हो। छनोट उपसमितिको संयोजकता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरेले गरेकी थिइन्।
दीपकराज जोशीले यसअघि पनि नेपाल पर्यटन बोर्डको सीईओको रूपमा कुशल नेतृत्व प्रदान गरिसकेका छन्। उनका नेतृत्वमा पर्यटनको प्रवर्द्धनमा उल्लेखनीय सुधारहरू भएको इतिहास छ। यो नयाँ कार्यकालबाट नेपालमा पर्यटन क्षेत्रको अझ सशक्त प्रवर्द्धन र विकास हुने अपेक्षा गरिएको छ।
बोर्डका पूर्व सीईओ धनञ्जय रेग्मीको कार्यकाल २०८० माघ १४ गते सकिएपछि बोर्डले नयाँ सीईओको खोजी गर्दै आएको थियो।
प्रकाशित मिति: २०२४-०९-०६ , समय : ०९:५४:३९ , ८ महिना अगाडि