प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत, पारालिम्पिक्स विजेता पलेशा गोवर्धनलाई सम्मान
प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीलाई अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन स्वीकृति दिएको हो। महासभा आगामी सेप्टेम्बर १० देखि २८ सम्म आयोजना हुँदैछ।
मिति: २०२४-०९-०६ , समय : ०९:५७:३३ ,
Our Pradesh
Our Pradesh
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीलाई अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन स्वीकृति दिएको हो। महासभा आगामी सेप्टेम्बर १० देखि २८ सम्म आयोजना हुँदैछ।
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, परराष्ट्र सचिव, र निजी चिकित्सकसमेत सहभागी हुनेछन्।
यसैगरी, मन्त्रिपरिषदको बैठकले दुग्ध विकास संस्थानलाई ६० करोड ऋण दिनसमेत स्वीकृति प्रदान गरेको छ। बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले यो जानकारी दिएका हुन्।
त्यस्तै, पारालिम्पिक्समा काश्य पदक जितेकी पलेशा गोवर्धनलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने निर्णय पनि बैठकले गरेको छ। प्रशिक्षकलाई ५ लाख ८५ हजार र व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँसहित सम्मानित गरिने गुरुङले जानकारी दिए।
प्रकाशित मिति: २०२४-०९-०६ , समय : ०९:५७:३३ , ८ महिना अगाडि