काठमाडौं महानगरको सर्वेक्षणमा १७ वर्षीया बालिका बलात्कारको शिकार, ५४ वर्षीय पुरुष पक्राउ

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा गरेको एक सर्वेक्षणको क्रममा, १७ वर्षीया बालिकाले विगत ३ वर्षदेखि आफूलाई लगातार बलात्कार गरिएको खुलासा गरेपछि प्रहरीले ५४ वर्षीय पुरुषलाई घरबाटै पक्राउ गरेको छ

मिति: २०२४-०९-०६ , समय : १०:००:३५ , Our Pradesh

Our Pradesh

काठमाडौं – काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा गरेको एक सर्वेक्षणको क्रममा, १७ वर्षीया बालिकाले विगत ३ वर्षदेखि आफूलाई लगातार बलात्कार गरिएको खुलासा गरेपछि प्रहरीले ५४ वर्षीय पुरुषलाई घरबाटै पक्राउ गरेको छ। पीडित बालिका सात वर्षदेखि आरोपीको घरमा घरेलु कामदारको रूपमा काम गर्दै आएकी थिइन्।

महानगरले पछिल्लो समय विभिन्न विद्यालयमा जोखिममा रहेका बालबालिकाहरूको अवस्थाबारे सर्वेक्षण गर्दै आएको छ। अहिलेसम्म २७ जना बालिका र २४ जना बालकसहित ५१ जना बालबालिका उद्धार गरिएको छ, जसमध्ये २३ जनालाई अस्थायी संरक्षण गृहमा राखिएको छ।

सर्वेक्षणकै क्रममा अर्को घटनामा, एक बालिकाले घरेलु हिंसाको शिकार भएको खुलाएपछि अनुसन्धान गर्न जाँदा घरमालिक प्रदेश सांसद रेखा शर्मा रहेको खुलासा भयो। यस घटनामा कारबाही हुनुपर्ने माग गर्दै काठमाडौंका मेयर बालेन शाहले सरकारलाई थप दबाब दिन थालेका छन्। मेयर शाहले बालबालिकाको सुरक्षाका विषयमा सरकारको कमजोर भूमिका र प्रभावकारी कदम नचालिएको भन्दै कडा प्रतिक्रिया दिएका छन्।

यो घटनाले काठमाडौं महानगरको बाल संरक्षण अभियानलाई थप सक्रिय बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।

प्रकाशित मिति: २०२४-०९-०६ , समय : १०:००:३५ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित