एतिहासिक दुर्गा भवानी मन्दिरको ब्यबस्थापन समिती गठन सम्पन्न

कानेपोखरी २ केरोन स्थित वडा कार्यलय अगाडी जिर्ण अबस्थामा रहेको एतिहासिक दुर्गा भवानी मन्दिरको सनिवार नयां मुल मन्दिर ब्यबस्थापन समिती गठन गरिएको छ ।

मिति: २०२४-०९-१० , समय : ०७:३८:०० , दुर्गा नारायण खतिवडा

दुर्गा नारायण खतिवडा

कानेपोखरी / कानेपोखरी २ केरोन स्थित वडा कार्यलय अगाडी जिर्ण अबस्थामा रहेको एतिहासिक दुर्गा भवानी मन्दिरको सनिवार नयां मुल मन्दिर ब्यबस्थापन समिती गठन गरिएको छ ।

ज्येठ नागरिक किसनलाल चौधरीको अध्यक्षतामा ४० जना स्थानीय भेला भइ बसेको बैठकबाट चौधरीको अध्यक्षतामा ९ जनाको समिती गठन गरिएको हो । सोही छलफलबाट ३ जनाको सल्लाहकार समिती समेत गठन गरिएको छ ।

समितीको अध्यक्षमा किसनलाल चौधरी, सचिबमा देबचन राजबंन्शी र कोषाध्यक्षमा दुर्गा नारायण खतिवडा रहेका छ्न भने सदस्यमा सीता सुवेदी, सुटकी राजबन्शी, चलन राजबंन्शी, रोहित चौधरी, यादब नारायण राजबंन्शी रहेका छ्न । त्यस्तै सल्लाहकार समितीमा शकंर चौधरी, मेघनाथ मुखिया माझी र पुर्व अध्यक्ष कुशेस्वर राजबंन्शी रहेका छ्न ।

मुल मन्दिर ब्यबस्थापन समिति गठन सम्बन्ध बसेको बैठकमा सल्लाहकार समिती गठन गर्ने, आउदै गरेको नेपालीहरुको माहान चाड बिजया दसमीमा गरिने पुजाका लागि मुर्ती निर्माण गर्ने र पुजाका लागि कानेपोखरी गाउँपालिका २ नं. वडा कार्यलयमा रकम माग गर्ने जस्ता प्रस्ताव आएको सल्लाहकार शंकर चौधरीले बताए ।

 

नयाँ समितिले बैठकमा भएको निर्णय अनुसार आइतबार कानेपोखरी २ का वडा अध्यक्ष सुशील बुढाथोकी सङ नबरात्रि पुजा, मन्दिर घेराबारा, रङरोगन, छाना मर्मत जस्ता कार्यको लागि रकम माग गरि निबेदन बुझाएको र पक्की मन्दिर निर्माणका लागि छलफल समेत गरेको छ।

प्रकाशित मिति: २०२४-०९-१० , समय : ०७:३८:०० , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्