रंगेलीमा २२ वर्षीय युवकको झुण्डिएको अवस्थामा शव फेला

मिति: २०२४-०९-१४ , समय : ०९:०६:३५ , Our Pradesh

Our Pradesh

रंगेलीमा २२ वर्षीय युवकको झुण्डिएको अवस्थामा शव फेला


शुक्रबार, २८ भदौ २०८१ मा ग्रामथान वडा नम्बर ४ स्थित दाजुको घरमा बस्दै आएका एक २२ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन्।

केही महिनादेखि भारतबाट आएर दाजुसँगै बस्दै खेतीपातीमा सहयोग गर्दै आएका ती युवक रंगेली वडा नम्बर १, छपिया टोलस्थित एक जामुनको रुखमा झुण्डिएको अवस्थामा भेटिएका हुन्। बिहान करिब ५:३० बजे उनी झुण्डिएको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी प्रशासन पुगेर अनुसन्धान सुरु गरेको छ भने शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाइएको छ

 

प्रकाशित मिति: २०२४-०९-१४ , समय : ०९:०६:३५ , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्