सरकार पालिकापालिकामा छ भन्ने अनुभुति नागरिकलाई दिलाउन सक्नुपर्छ: मेयर शाह
मिति: २०२३-०३-२९ , समय : १५:३४:०२ , आवर प्रदेश
मिति: २०२३-०३-२९ , समय : १५:३४:०२ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भएका सभ्यताहरुको जगेर्ना गर्नेकुरा पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् ।
काठमाडौँका शुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले केन्द्रको सरकार नकिटिदिँदा स्थानीय सरकारलाई कतिपय काम गर्न असहज भएकाले केन्द्र सरकार टिकाउनुपर्ने पनि बताए ।
पहिला भएका सम्पती र सभ्यता जोगाउनसके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिने प्रमुख साहको भनाइ छ ।
प्रमुख साहले न्यायिक समितिले सरकार भनेको सिंहदरबारमा मात्रै नभइ पालिकापालिकामा छ भन्ने अनुभुति नागरिकलाई दिलाउन सक्नुपर्ने बताए । न्याय माग्न ११ दिन काठमाडौं महानगरपालिकामा हिँडेर आउनुपर्ने अवस्थाको अन्त्य गर्न न्यायिक समितिले प्रभावकारी भुमिका खेल्ने विश्वास उनको छ ।
प्रधानमन्त्री दाहालले उद्घाटन गरेको डिजिटल एपमार्फत न्याय सेवा, अनलाइनमार्फत सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको जनाइएको छ ।
प्रकाशित मिति: २०२३-०३-२९ , समय : १५:३४:०२ , २ वर्ष अगाडि