राष्ट्रपति पौडेल र अवैतनिक महावाणिज्य र वाणिज्यदूतबीच भेट

मिति: २०२३-०३-२९ , समय : १५:४५:१२ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग आग्रह गरेका छन ।

विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग आज शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएका हुन ।

वाणिज्यदूतहरुका तर्फबाट दिनेश श्रेष्ठले आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै पर्यटन प्रवद्र्धनमा समेत आफूहरुले प्रभावकारी ढंगले काम गर्दै आएको बताए ।

महावाणिज्य दूतहरुले राष्ट्रपतिमा निर्वाचित भएकोमा पौडेललाई हार्दिक ज्ञापन गर्नुका साथै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन ।

प्रकाशित मिति: २०२३-०३-२९ , समय : १५:४५:१२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित