तेश्रो संस्करणको ‘स्पर्श म्युजिक भिडियो अवार्ड २०२३’ आयोजना हँुदै

मिति: २०२३-०३-२९ , समय : १५:४८:४० , आवर प्रदेश

आवर प्रदेश

तेश्रो संस्करणको ‘स्पर्श म्युजिक भिडियो अवार्ड २०२३’ आगामी वैशाखको अन्तिममा आयोजना हँुदैछ । पेजेन्ट नेपाल, ब्राईट इभेन्ट म्यानेजमेन्ट, स्पर्श फिल्मस् र माहिरु फेशन प्रालिले संयुक्त आयोजना गर्न लागेको अवार्ड नेपाली गीत संगीत र म्युजिक भिडियोको प्रवर्द्धनको उद्देश्यसहित आयोजना हुँदै आएको हो ।

आधुनिक, पप, लोक, लोक दोहोरी र विभिन्न भाषाभाषिका गीत संगीत गरेर अवार्डमा ४८ विधा समेटिएको छ । अवार्ड समारोहमा अवार्डको अलवा केही व्यक्तिलाई विशिष्ट योगदान सम्मान पनि प्रदान गरिने आयोजक एवम् अभिनेता दिक्पाल कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: २०२३-०३-२९ , समय : १५:४८:४० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित