मकालु टेलिभिजनका अभयकुमार राई समाचार संयोजकमा नियुक्त

मकालु टेलिभिजन सञ्चालक समितिको बैठकले राईलाई समाचार संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो।

मिति: २०२४-१०-०१ , समय : २१:१५:३७ , राम कुमार शर्मा

राम कुमार शर्मा

रङ्गेली(मोरङ्ग) – टेलिभिजनका सञ्चारकर्मी अभयकुमार राईलाई कार्यक्रम संयोजकबाट समाचार संयोजकमा बढुवा गरिएको छ। मकालु टेलिभिजन सञ्चालक समितिको बैठकले राईलाई समाचार संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो।

नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिवसमेत रहेका राईले मकालु टेलिभिजनमा एक दशकभन्दा लामो समयदेखि काम गर्दै आएका छन्। मकालु टेलिभिजनमा आवद्ध हुनु अघि, उनले देशका प्रमुख टेलिभिजन संस्थामा पनि अनुभव हासिल गरिसकेका थिए।

प्रकाशित मिति: २०२४-१०-०१ , समय : २१:१५:३७ , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित