धरानका मेयर हर्क साम्पाङद्वारा उपप्रमुखलाई बाइपास गरी वडाअध्यक्षलाई कार्यबाहकको जिम्मा

मिति: २०२४-१०-१५ , समय : १४:२९:१६ , Our Pradesh

Our Pradesh

  1. उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले उपप्रमुखलाई नदिई वडा अध्यक्षलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएका छन् ।

उनले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्रकुमार फागुलाई आफ्नो अनुपस्थितिमा कार्यबाहक तोकेका हुन् ।

 

साम्पाङ बिहीबार बेलायत जान लागेका छन् । सामान्यतय मेयरले उपमेयरलाई कार्यबाहक दिने प्रचलन् छ । धरानको उपम्यरमी अइन्द्रविक्रम बेघा छन् । उनीहरुबीच सम्बन्ध राम्रो छैन ।

 

साम्पाङले वडाअध्यक्ष फागुलाई असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि कामकाज गर्ने गरी कार्यवाहक जिम्मेवारी निर्वाह गर्न पत्र लेखेर दिएका छन् ।

प्रकाशित मिति: २०२४-१०-१५ , समय : १४:२९:१६ , ६ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित