नेपाली कांग्रेस मोरङद्वारा अवैध व्यापार र राजस्व छलिको विरुद्ध ज्ञापनपत्र

मोरङ्ग जिल्लामा खुला सिमानाको कारण विभिन्न अवैध सामान र राजस्व छलि गरिएका वस्तुहरू प्रशासनको मिलेमतोमा आयात भइरहेको भन्ने समाचार पत्रपत्रिकामा आएपछि नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिले यसप्रति गम्भीर ध्यानाकर्षण गराएको छ

मिति: २०२४-१०-१६ , समय : १६:१२:५६ , Our Pradesh

Our Pradesh

विराटनगर – मोरङ्ग जिल्लामा खुला सिमानाको कारण विभिन्न अवैध सामान र राजस्व छलि गरिएका वस्तुहरू प्रशासनको मिलेमतोमा आयात भइरहेको भन्ने समाचार पत्रपत्रिकामा आएपछि नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिले यसप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। यसै सन्दर्भमा, नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तिनाथ माझीको नेतृत्वमा पदाधिकारी तथा सदस्यहरूको टोलीले मोरङ जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रेम भट्टराईलाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा यस्ता गैरकानुनी गतिविधिहरू तत्काल रोक्न माग गरिएको छ, जसले राजस्व घटाउने मात्र नभई अपराधजन्य क्रियाकलापलाई प्रोत्साहन गर्ने खतरा रहेको उल्लेख गरिएको छ। नेपाली कांग्रेसले यस्ता कार्यहरू राष्ट्रको आर्थिक विकासमा बाधक बन्ने र सामाजिक सुरक्षामा समेत असर पार्ने भएकाले सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने बताएको छ।

ज्ञापनपत्र बुझाउने क्रममा नेपाली कांग्रेसका पदाधिकारीहरू तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

 

प्रकाशित मिति: २०२४-१०-१६ , समय : १६:१२:५६ , ६ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्