आज भाइटीका: आज बिहान ११ः३७ बजे उत्तम साइत

मिति: २०२४-११-०३ , समय : ०८:३२:१७ , Our Pradesh

Our Pradesh

भाइटीका पर्व: दिदीबहिनीले दाजुभाइलाई दीर्घायु, ऐश्वर्य र आरोग्यको कामना गर्दै टीका लगाउँदै

 

यमपञ्चकका रूपमा समेत चिनिने तिहारको पाँचौं दिन, आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था, र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ।

 

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिनमा आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।

 

टीका समारोहमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने परम्परा छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ। भाइटीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेहरूका लागि बिहान ११ः३७ बजेको अभिजित् मुहूर्त उत्तम रहेको छ।

 

यस वर्ष भाइटीकामा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन्, जसले शुभ फल दिने विश्वास छ। राज्य सञ्चालकहरूले भने साइतमै टीका लगाउनुपर्ने परम्परा समितिले सुझाव दिएको छ।आ

आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मुख्य थालीमा लेखिएको अष्टदलमा अष्ट चिरञ्जीवीहरू, चित्रगुप्त, यमराज, यमुना, धर्मराज र गणपतिसहित अन्य देवताहरूको पूजाआराधना गरिन्छ। यस अवसरमा दिदीबहिनीले परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी फूलका माला लगाइदिनेगरिन्छ।

 

प्रकाशित मिति: २०२४-११-०३ , समय : ०८:३२:१७ , ६ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्