श्री उमागौरी कृषि सहकारीमा ठगी मुद्दा: इलाका प्रहरी कार्यालय रंगेलीद्वारा पीडित बचतकर्ता र ऋणीहरूलाई यथाशीघ्र उपस्थित हुन अनुरोध
मिति: २०२४-११-०६ , समय : १५:०७:१८ , Our Pradesh
मिति: २०२४-११-०६ , समय : १५:०७:१८ , Our Pradesh
Our Pradesh
श्री उमागौरी कृषि सहकारीमा ठगी मुद्दा: इलाका प्रहरी कार्यालय रंगेलीद्वारा पीडित बचतकर्ता र ऋणीहरूलाई यथाशीघ्र उपस्थित हुन अनुरोध
मोरङ जिल्ला धनपाल गाउँपालिका वार्ड नं ४ कर्सियामा सञ्चालनमा रहेको श्री उमागौरी कृषि सहकारी संस्थाका अध्यक्षसहित अन्य पदाधिकारीहरूमाथि सहकारी ऐन अन्तर्गत ठगी मुद्दा दर्ता भएको छ। यस सम्बन्धी कसुर मुद्दा इलाका प्रहरी कार्यालय रंगेली मोरङमा दर्ता भई हाल अनुसन्धान भइरहेको छ।
प्रहरी कार्यालयले सहकारीबाट ठगिएका बचतकर्ता, शेरधनी तथा ऋणीहरूलाई यथाशीघ्र इलाका प्रहरी कार्यालय रंगेली मोरङको अपराध अनुसन्धान शाखामा उपस्थिति जनाई आफूहरूसँग रहेका कसुरसँग सम्बन्धित प्रमाण र दस्तावेजहरू पेश गर्न अनुरोध गरेको छ। प्रहरी कार्यालयले यो मुद्दाको म्याद अन्तिम चरणमा पुगेकोले समयसीमाभित्र अनिवार्य रूपमा जाहेरी दरखास्त पेश गर्न पनि हार्दिक अनुरोध गरेको छ।
यस मुद्दासँग सम्बन्धित थप जानकारी वा जिज्ञासा भएमा कार्यालयको सम्पर्क नम्बर ९८५२० ६८२४४ मा सम्पर्क गर्न सकिने जानकारी प्रहरीले दिएको छ।
प्रकाशित मिति: २०२४-११-०६ , समय : १५:०७:१८ , ६ महिना अगाडि