पूर्वमन्त्री लिलाबल्लभ अधिकारीको जापान यात्रा र मानव तस्करीको आरोप , मुख्यमन्त्रीको निर्देशन अवज्ञा गर्दै अधिकारीको जापान यात्रा
मिति: २०२४-११-०८ , समय : १३:३९:४३ , Our Pradesh
मिति: २०२४-११-०८ , समय : १३:३९:४३ , Our Pradesh
Our Pradesh
पूर्वमन्त्री लिलाबल्लभ अधिकारीको जापान यात्रा र मानव तस्करीको आरोप
मुख्यमन्त्रीको निर्देशन अवज्ञा गर्दै अधिकारीको जापान यात्र
मानव तस्करीको आरोपमा मुछिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको निर्देशन नटेरेर जापानको यात्रा गरेको खुलासा भएको छ। अधिकारीले कात्तिक १२ गते मुख्यमन्त्री कार्कीलाई फोन गरेर आफू जापान जाने जानकारी दिएपछि कार्कीले उनलाई प्रक्रियागत नियमहरू सम्झाएका थिए, तर अधिकारीले निजी काम भन्दै नियम अवज्ञा गरेर १३ कात्तिकमा जापान उडेका थिए।
जापानमा नेपाली टोली डिपोर्ट; प्रधानमन्त्रीलाई जानकारी
अधिकारीसँगै जापान पुगेका खोटाङका दावा शेर्पा, जनक राई र रसुवाका कञ्चन देवकोटा डिपोर्ट भएपछि यो विषयले गम्भीर मोड लिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्री कार्कीलाई मन्त्री अधिकारीको राजीनामा लिन निर्देशन दिएपछि अधिकारीले राजीनामा दिएका थिए।
अधिकारीको दावी: ‘मानव तस्करले प्रयोग गर्न खोजे’
अधिकारीले आफूलाई मानव तस्करहरूले उपयोग गर्न खोजेको आरोप लगाउँदै जापानको अध्यागमनलाई जानकारी गराएको र अनुसन्धानमा सघाउन राजीनामा दिएको दावी गरेका छन्। उनका अनुसार, हङकङ ट्रान्जिटका क्रममा भेटिएका तीनजना नेपाली नागरिकले आफ्ना भ्रमण दलका सदस्य भएको बताएपछि आफूले शंका गरि नेपाल फर्किने निर्णय गरेका थिए।
oplus_34
नक्कली कागजातसहितको अनुसन्धान
प्रहरीले जापानमा अधिकारीसँगै पुगेकाहरूको साथबाट मन्त्रालयको नक्कली परिचयपत्रहरू समेत बरामद गरेको जनाएको छ। अधिकारीसँगै उडेका व्यक्तिहरूसँग सम्बन्धित खोटाङका जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डेलाई समेत अनुसन्धानमा समेटिएको छ। प्रारम्भिक बयान अनुसार, पाण्डेलाई प्रत्येकले १० देखि १३ लाख रुपैयाँ बुझाएका थिए।
विवादित इतिहास
अधिकारी अघिल्लो प्रदेश सभा कार्यकालमा पनि विवादमा परेका थिए। कानून व्यवसायीसमेत रहेका उनी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका चुडामणि उप्रेती (गोरे) को पक्षमा बहस गर्न जाँदा तत्कालीन प्रमुख सचेतकले उनलाई प्रदेश सभामा तीन महिना बोल्न प्रतिबन्ध
लगाएका थिए।
प्रकाशित मिति: २०२४-११-०८ , समय : १३:३९:४३ , ५ महिना अगाडि