डेंगी संक्रमणमा नरिवल पानीको महत्त्वपूर्ण भूमिका

मिति: २०२४-११-११ , समय : १०:११:४९ , Our Pradesh

Our Pradesh

डेंगी संक्रमणमा नरिवल पानीको महत्त्वपूर्ण भूमिका

काठमाण्डौं, २६ कात्तिक – डेंगी संक्रमणको समयमा बिरामीहरूलाई जटिल अवस्थामा पुर्‍याउने जोखिम कम गर्न प्रमुख उपायका रूपमा सिटामोल, झोलिलो पदार्थ, र पोषणयुक्त खानेकुरा सिफारिस गरिन्छ। यसमा नरिवल पानीलाई विशेष रूपमा लाभदायक मानिएको छ।

 

वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, डेंगीका बिरामीलाई पुनर्जल गर्न नरिवल पानी अत्यन्त लाभदायक हुन्छ। नरिवलमा प्रशस्त पानी, मिनरल्स र इलेक्ट्रोलाइट पाइने भएकाले यो शरीरमा तरल पदार्थ पूरा गर्न राम्रो माध्यम हो।

 

विश्व स्वास्थ्य संगठनको सुझाव

 

डब्ल्यूएचओका अनुसार, डेंगीका बिरामीलाई मुखबाट पुनर्जल गराउनु महत्त्वपूर्ण छ। त्यसैले उमालेर चिसो बनाएको पानी, फलफूलको ‘फ्रेस’ जुस, हर्ब टी, भेजिटेबल सुप, उसिनेको अन्डा जस्ता खाद्य पदार्थ बिरामीको स्वास्थ्य सुधारमा योगदान पुर्‍याउने डब्ल्यूएचओको सिफारिस छ।

डेंगी संक्रमणको अवधिमा मसालेदार, चिल्लोे र तयारी खानालगायतका खानेकुरा तथा काँचै खाने खानेकुरा नखान सल्लाहदिइएको छ।

 

प्रकाशित मिति: २०२४-११-११ , समय : १०:११:४९ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित