मन्त्रिपरिषद् पुनर्गठनको तयारी: कानुन, पर्यटन र कृषिमन्त्री ‘रेड जोन’ मा
मिति: २०२४-११-२० , समय : ०७:०८:५६ , Our Pradesh
मिति: २०२४-११-२० , समय : ०७:०८:५६ , Our Pradesh
Our Pradesh
मन्त्रिपरिषद् पुनर्गठनको तयारी: कानुन, पर्यटन र कृषिमन्त्री ‘रेड जोन’ मा
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरु अहिले प्रधानमन्त्री निवास बालुवाटारमा विशेष छलफलमा जुटेका छन्। मन्त्रिपरिषद् बैठक स्थगित भएसँगै मन्त्रीहरुको कामकारबाहीमाथि समीक्षा र मन्त्रिपरिषद् पुनर्गठनको विषय मुख्य एजेन्डामा रहेको बताइएको छ।
सत्तारुढ दल एमाले र कांग्रेसबीच चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा एकरुपता नहुँदा मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो। आगामी मंसिर १७ गते प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भएकाले यस विषयमा सहमति खोज्न छलफल भइरहेको छ। तर, कांग्रेसले बीआरआई ऋणको शर्तप्रति असहमति जनाउँदै सरकारलाई दबाब दिएको छ।
छलफलका क्रममा, कार्यसम्पादन कमजोर भएका मन्त्रीहरुलाई परिवर्तन गर्ने विषय पनि जोडतोडले उठेको छ। प्रधानमन्त्री ओली कानुनमन्त्री राजकुमार गुप्ता, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, र कृषिमन्त्री रामनाथ अधिकारीप्रति असन्तुष्ट रहेको बताइएको छ। यी मन्त्रीहरु ‘रेड जोन’ मा परेका छन् र आगामी मन्त्रिपरिषद् पुनर्गठनमा उनीहरुको स्थानमा नयाँ अनुहार आउनसक्ने सम्भावना रहेको छ।
अहिले बालुवाटारमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, र कांग्रेस महामन्त्री गगन थापालगायत नेताहरु छलफलमा व्यस्त छन्। यो बैठकको नतिजाले सरकारको आगामी संरचना र रणनीतिमा महत्वपूर्ण असर पार्ने अपेक्षा गरि
एको छ।
प्रकाशित मिति: २०२४-११-२० , समय : ०७:०८:५६ , ५ महिना अगाडि