ताप्लेजुङको पाथीभरा क्षेत्रमा पहिलो पटक हिमपात, पर्यटकको आकर्षण बढ्ने अपेक्षा
मिति: २०२४-११-२१ , समय : १८:१८:४३ , Our Pradesh
मिति: २०२४-११-२१ , समय : १८:१८:४३ , Our Pradesh
Our Pradesh
ताप्लेजुङको पाथीभरा क्षेत्रमा पहिलो पटक हिमपात, पर्यटकको आकर्षण बढ्ने अपेक्षा
ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा धाममा यस वर्षको पहिलो पटक हल्का हिमपात भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार, केही दिनयता चिसो बढ्दै गइरहेको यस क्षेत्रमा आज बिहानैदेखि सामान्य हिमपात भएको हो।
हिमपातसँगै मौसम अझै चिसो बनेको छ। चिसो बढे पनि हिउँले ढाकिएको दृश्यले पर्यटक र तीर्थयात्रीलाई आकर्षित गर्ने विश्वास गरिएको छ। हिमपातपछि आगन्तुकहरूको संख्या थप बढ्ने अपेक्षा गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो।
हिउँले ढाकिएको पाथीभरा धामको मनोरम दृश्यले धार्मिक तथा प्राकृतिक सौन्दर्यप्रेमी आगन्तुकलाई लोभ्याउने विश्वास व्यक्त गरिए
को छ।
प्रकाशित मिति: २०२४-११-२१ , समय : १८:१८:४३ , ५ महिना अगाडि