महोत्तरी प्रशासनका नायब सुब्बा २० हजार घुससहित पक्राउ
मिति: २०२४-११-२२ , समय : १९:५७:४८ , Our Pradesh
मिति: २०२४-११-२२ , समय : १९:५७:४८ , Our Pradesh
Our Pradesh
जिल्ला प्रशासन कार्यालय महोत्तरीका मुद्धा शाखामा कार्यरत नायब सुब्बा अशोक यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।
सवारी ज्यान कसुर मुद्धामा मृतक परिवारलाई तोकिएको क्रिया खर्च रकम उपलब्ध गराउन घुस मागेको उजुरीपछि आयोगको टोलीले शुक्रबार उनलाई नियन्त्रणमा लिएको हो। मृतक परिवारको हकदारले पटक-पटक रकम माग्दा यादवले घुसको माग गरेको आरोप लागेको थियो।
आयोगले उजुरीका आधारमा खटिएको टोलीद्वारा यादवलाई घुस लिएको अवस्थामा पक्राउ गरेको छ। हाल उनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखिए
को छ।
प्रकाशित मिति: २०२४-११-२२ , समय : १९:५७:४८ , ५ महिना अगाडि