रंगेलीमा ठगी प्रयास: एक लाखको चेकलाई २१ लाख बनाएर कालोसूचीमा राख्ने योजना असफल

मिति: २०२४-११-२९ , समय : ०८:५०:२८ , Our Pradesh

Our Pradesh

रंगेलीमा ठगी प्रयास: एक लाखको चेकलाई २१ लाख बनाएर कालोसूचीमा राख्ने योजना असफल

मिति -२०८१/०८/१३

रंगेलीमा बैंकिङ प्रणालीको दुरुपयोग गर्ने गम्भीर प्रयास सार्वजनिक भएको छ। प्रभु बैंकको एक लाखको चेकलाई २१ लाखमा हेरफेर गरी नेपाल बैंक लिमिटेड, रंगेली शाखामा पेश गरेर चेक बाउन्स गराउने र खाताधारीलाई कालोसूचीमा राख्ने योजना असफल भएको हो।

प्रभु बैंकका खाताधानि पन्नालाल मण्डलले राजेश कुमार शाहलाई २०८१ असार २६ गतेको मिति को एक लाख रुपैयाँको चेक दिएका थिए। उक्त चेकलाई हेरफेर गरी एक को अगाडि दुई थपेर २१ लाख लेखेर नेपाल बैंक लिमिटेडमा पेश गरिएको थियो। जब नेपाल बैंक लिमिटेड रङ्गेली शाखाद्वारा क्लिरेन्समा चेक अगाडि बढाए , प्रभु बैंकको चेक भएको कारणले प्रभु बैंकको म्यानेजरद्वारा मण्डललाई जानकारी गराए।

 

मण्डलले २१ लाखको कुरा सुनेर आफू स्तब्ध भएको बताए। “मैले एक लाखको मात्र चेक दिएको थिएँ। लेनदेनको विषय नै सकिएको थियो, म पटकपटक चेक माग्दा साह ले चेके हराएको” उनले भने। मण्डलले यो घटनालाई राजेश कुमार शाहले बदनाम गर्न र फसाउन गरिएको ठगी प्रयास भएको दाबी गरे।

चेकमा हेरफेरको प्रमाण-

 

मण्डलले पेस गरेको चेकमा हेरफेरको प्रमाण छ। One lakh अगाडि ‘twenty’ शब्द थपेर ‘ट्वेन्टी वन लाख’ बनाइएको थियो। साथै, २१ लाखमा प्रयोग गरिएको “२” को अक्षर अन्यथा फरक रहेको देखिन्छ। अक्षर को लेखाई र कलम को लेखाई पनि फरक देखिन्छ।

 

राजेश कुमार शाहको स्वीकारोक्ति-

 

दोस्रो पक्ष राजेश कुमार शाहले आफ्नो गल्ती स्वीकार्दै चेकमा हेरफेर आफूबाट भएको बताएका छन्। उनले भने, “पुरानो लेनदेनको कारण र अदालती प्रक्रियाबाट आएको तनावले मबाट कोरमेट गरिएको हो। म यसका लागि क्षमा चाहन्छु र भविष्यमा यस्तो गल्ती नगर्ने प्रतिवद्धता व्यक्त गर्दछु।”

 

मण्डलको कानुनी कदमको तयारी-

 

यता, पन्नालाल मण्डलले यस घटनाले आफूलाई गहिरो मानसिक तनाव दिएको र परिवारलाई समेत प्रभावित गरेको बताए। “यो ठगी प्रयासले मलाई बदनाम गर्न खोजिएको छ। म कानुनी सहारा लिन्छु,” उनले भने।

 

घटनाले खडा गरेको गम्भीर प्रश्न-

 

यो घटनाले बैंकिङ प्रणालीको सुरक्षा र व्यक्तिगत रिसइबीको गम्भीरता उजागर गरेको छ। बैंकिङ प्रणालीमा हुने यस्ता दुरुपयोगले ग्राहकहरूको विश्वासलाई चुनौती दिएको छ। प्रशासनले दोषीमाथि कडा कारबाही गरी यस्ता घटनाबाट बच्न उपाय अपनाउनुपर्ने आवश्यकता देखिएको छ।

 

रंगेलीमा सार्वजनिक भएको यो ठगी प्रयासले न केवल बैंकिङ प्रणालीको दुरुपयोग देखाएको छ, तर पुराना लेनदेनका कारण कसरी व्यक्तिगत प्रतिशोधको रूपमा ठगी हुन सक्छ भन्ने चेतावनी पनि दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २०२४-११-२९ , समय : ०८:५०:२८ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित