माओवादीको उदय, एमालेको कमजोरी: उपनिर्वाचनमा नयाँ समीकरण
मिति: २०२४-१२-०२ , समय : १०:३७:१५ , Our Pradesh
मिति: २०२४-१२-०२ , समय : १०:३७:१५ , Our Pradesh
Our Pradesh
माओवादीको उदय, एमालेको कमजोरी: उपनिर्वाचनमा नयाँ समीकरण
मोरङको ग्रामथान गाउँपालिकाको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले विजयी हासिल गर्दै नयाँ राजनीतिक समीकरणलाई उजागर गरेका छन्। माझीले ६९६९ मत ल्याएर विजय हासिल गर्दा नेपाली कांग्रेसका उम्मेदवार थारू ५३३३ मतसहित दोस्रो स्थानमा रहँदा, नेकपा एमालेका उम्मेदवार तुलसीराम विश्वास ४२५९ मतसहित तेस्रो स्थानमा झरे।
यसअघि कांग्रेसले जितेको यस गाउँपालिकामा उपाध्यक्ष र पाँच वडाध्यक्ष एमालेबाट निर्वाचित भएका थिए भने माओवादीले एकमात्र वडाध्यक्ष जितेको थियो। तर, अहिलेको नतिजाले कांग्रेसभन्दा माओवादी बलियो देखिएको छ।
ग्रामथानमा कुल १६ हजार १९४ मत खसेका थिए, जसमध्ये १५ हजार ८८९ मत सदर भएको थियो। यस परिप्रेक्ष्यमा एमालेको कमजोर प्रदर्शनले पार्टीको संगठनात्मक स्थिति र मतदाता आकर्षणमाथि प्रश्न खडा गरेको छ।
एमाले किन कमजोर भयो?
गाउँपालिकामा विगतको प्रभुत्व कायम राख्न नसक्नु, आन्तरिक असन्तुष्टि वा मतदाताको प्राथमिकता परिवर्तन जस्ता कारणहरूले एमालेको कमजोर प्रदर्शन भएको हुन सक्ने विश्लेषण गरिँदैछ।
यो नतिजाले क्षेत्रीय राजनीतिमा नयाँ सन्देश दिएको छ, जहाँ माओवादीको स्थिर मतदाता आधार र कांग्रेसको चूनौतीबीच एमालेको पकड खस्कँदै गएको
देखिन्छ।
प्रकाशित मिति: २०२४-१२-०२ , समय : १०:३७:१५ , ५ महिना अगाडि