सरकारसँग वार्ता गर्न मिटरब्याजपीडितले बनाएका वार्ता समिति
मिति: २०२३-०३-३० , समय : ११:१०:०० , आवर प्रदेश
मिति: २०२३-०३-३० , समय : ११:१०:०० , आवर प्रदेश
आवर प्रदेश
सरकारसँग वार्ता गर्न मिटरब्याजपीडितले वार्ता बनाएका छन् । पीडितहरूले मनोजकुमार पाश्वानको नेतृत्वमा वार्ता समिति बनाएका हुन् । सरकारले पीडितहरूसँग वार्ता गर्ने निर्णय गरिसकेका छन् । महोत्तरीका पीडित पुरुषोत्तम अधिकारीले समस्या समाधान गरेर मात्र घर फर्किने बताए । उनले भने, ‘कार्यान्वयन गराएर फर्किन्छौँ । घर फर्किने कुरा त छाड्दिनुस घरै छैन कहाँ फर्किने ? आन्दोलन हुन्छ समाधान नभई घर फर्किदैनौँ ।’
धनुषाकी अर्की पीडित लक्ष्मी परियारले घरमा सासु ससुरा छोडेर काठमाडौँ आएको बताइन् । उनले भनिन्, ‘मेरी छिमेकी ६ महिनाको नानी बोकेर आएकी छिन् । ५० हजार लिएको ४ लाख बनाइसकेको छ साहुले ।’ उनले बरु काठमाडौंमै मर्ने समस्या समाधान नभई नफर्किने बताइन् । उनले भनिन्, ‘नुन भात खाएर बस्छौँ, तर न्याय नपाई घर फर्किदैनौँ ।’
तराईका विभिन्न जिल्लाका पीडितहरू महोत्तरीको बर्दिवासबाट पैदल हिँडेको १२ औँ दिनमा सोमबार काठमाडौंको खुलामञ्च आइपुगेका थिए । उनीहरूमा अहिले स्वास्थ्य समस्यासमेत देखिएको छ ।
प्रकाशित मिति: २०२३-०३-३० , समय : ११:१०:०० , २ वर्ष अगाडि