सप्तरीको राजविराजमा झ्यालमा बाँधिएको अवस्थामा कर्मचारी मृत फेला

मिति: २०२४-१२-०८ , समय : ११:३५:५७ , Our Pradesh

Our Pradesh

सप्तरीको राजविराजमा झ्यालमा बाँधिएको अवस्थामा कर्मचारी मृत फेला

सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समिति भवनको झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारी मृत फेला परेका छन्।

मृत फेला पर्नेमा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४५ वर्षीय सुधीर कुमार झा रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन्।

 

उक्त कर्मचारी कार्यरत अस्पताल र घटनास्थल करिब एक किलोमिटर दूरीमा पर्छ। झ्यालमा बाँधिएको अवस्थामा भेटिएका झाको दुवै खुट्टा भुईँमा देखिएकाले घटना शंकास्पद रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

 

आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: २०२४-१२-०८ , समय : ११:३५:५७ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित