छुट्टाछुट्टै स्थानमा विभिन्न धनमाल चोरी

मिति: २०२३-०३-३० , समय : १२:२४:१९ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, १६ चैत । काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने कृष्ण गुरुङको घरबाट नगद तथा सुनका विभिन्न गरगहना गरी करिब ५ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

त्सैगरी भक्तपुर, मध्यपुरठिमी नगरपालिका(१ लोकन्थली डेरा गरी बस्ने सिरहा मिरचैया नगरपालिका(४ घर भएका ३० वर्षीय राधेश्याम साहको कोठाबाट नगद ४ लाख ५० हजार रूपैयाँ, १ लाख ५० हजार बराबरको सुनको सिक्री १ थान र ल्यापटप समेत बुधबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०३-३० , समय : १२:२४:१९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित