झापामा प्रहरी सहायक निरीक्षक प्रदिप आले मगर “महिनाको उत्कृष्ट प्रहरी” घोषित
उनले अनलाइन ठगी सम्बन्धी निवेदनहरूको अनुसन्धान गरी पीडितहरूलाई रू.९७,५०० फिर्ता गराएका छन्। सम्माननीय प्रधानमन्त्रीको भ्रमण र उपनिर्वाचनको सुरक्षा व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै प्रहरीको छवि उचाइमा पुर्याउन समेत उल्लेखनीय योगदान पुर्याएका छन्।
मिति: २०२४-१२-१९ , समय : २१:२३:३६ ,
Our Pradesh
Our Pradesh
झापा जिल्ला प्रहरी कार्यालयले २०८१ मंसिर महिनाको “महिनाको उत्कृष्ट प्रहरी”का रूपमा इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रदिप आले मगरलाई चयन गरेको छ।
प्रदिप आले मगरले अपराध नियन्त्रण, अनुसन्धान, र नागरिक सेवा प्रवाहका क्षेत्रमा उत्कृष्ट योगदान दिएका छन्। मुन्नी खातुन अपहरण घटनाको अनुसन्धानमा प्राविधिक साधनहरू जस्तै CDR र Call Wise Location प्रयोग गरी पीडितलाई पर्साको वीरगंज बसपार्कमा सुरक्षित रूपमा फेला पारेर परिवारको जिम्मा लगाएका थिए। त्यस्तै, हराएका १३ थान मोबाइल फेला पारी सम्बन्धित निवेदकहरूलाई बुझाएका थिए।
उनले अनलाइन ठगी सम्बन्धी निवेदनहरूको अनुसन्धान गरी पीडितहरूलाई रू.९७,५०० फिर्ता गराएका छन्। सम्माननीय प्रधानमन्त्रीको भ्रमण र उपनिर्वाचनको सुरक्षा व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै प्रहरीको छवि उचाइमा पुर्याउन समेत उल्लेखनीय योगदान पुर्याएका छन्।

प्रकाशित मिति: २०२४-१२-१९ , समय : २१:२३:३६ , ४ महिना अगाडि