टिकटक बनाउने क्रममा खोलामा खसेर शिक्षिका र विद्यार्थीको ज्यान गयो

मिति: २०२४-१२-२१ , समय : २०:५४:०७ , Our Pradesh

Our Pradesh

टिकटक बनाउने क्रममा खोलामा खसेर शिक्षिका र विद्यार्थीको ज्यान गयो

दरैया १६ विराटनगरका ११ वर्षीय परशुराम मण्डल मङ्गलबार बिहान ७ बजे घर निर्माणको लागि खनिएको खाल्डोमा डुबेर मृत अवस्थामा भेटिएको छ। सोमबार दिउँसो १:०० बजे देखि हराएको बालकलाई खोज तलाज गर्दा झन्डै १६ घण्टापछि बिहान ७ बजे घर छेउकै खाल्डोमा डुबेर मृत्यु भएको अवस्थामा देखा परेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले अनुसन्धानका लागि मृत बालकको सव लाई पोस्टमोर्टमका लागि नजिकैको कोशी अस्पतालमा लगेको थियो। मृतकको घरपरिवारको आर्थिक अवस्था एकदमै नाजुक रहेको र घरमा कमाउने एकजना बुवा बाले मण्डल मात्र रहेको स्थानीयले बताएका छन्। अहिले परिवार शोकमा रहेको हुनाले घरमा आर्थिक अवस्था को अभाव नहोस् भन्ने उद्देश्यले सक्नेहरुले सहयोग गर्दिनका लागि स्थानीयहरूले आफ्नो समाज सँग सहयोग माग गरेका छन्।

तेह्रथुम, पुस ६, २०८१ –

टिकटक बनाउन खोज्दा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकास्थित खोरुङ्गा खोलाको खोंचमा खसेर एक शिक्षिका र एक विद्यार्थीको शनिबार अपराह्न दुखद मृत्यु भएको छ।

 

स्थानीय गौखुरी माविमा नर्स शिक्षिकाका रूपमा कार्यरत रबिना राजवंशी र कक्षा ७ मा अध्ययनरत १२ वर्षीया सुस्मिता भट्टराईको घटनास्थलमै ज्यान गएको प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङले बताइन्।

 

शनिबारको बिदालाई उपयोग गर्दै साथीहरूसँग खोलामा पौडी खेल्न गएका उनीहरू टिकटक बनाउन खोज्दा खतरनाक खोंचमा खसेका थिए। घटनापछि गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले मृतकको शव उद्धार गरी खोलाको बगरमा ल्याइएको जानकारी दिएका छन्।

 

यस दुखद घटनाले मनोरञ्जन र सामाजिक सञ्जालप्रतिको असावधानीले कस्तो ठूलो क्षति निम्त्याउन सक्छ भन्ने कुरा उजागर गरेको छ।

 

प्रस्तुति: कान्तिपु

र संवाददाता

 

प्रकाशित मिति: २०२४-१२-२१ , समय : २०:५४:०७ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित