नेपाली कांग्रेसद्वारा धनपालथानमा १०० दिने अभियान सम्पन्न

मिति: २०२४-१२-२१ , समय : २१:४८:०४ , पारस मण्डल

पारस मण्डल

नेपाली कांग्रेसद्वारा धनपालथानमा १०० दिने अभियान सम्पन्न

मोरङ, पुस ६, २०८१ –

नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार देशभर सञ्चालन भइरहेको १०० दिने अभियानअन्तर्गत मोरङ क्षेत्र नं. ५ (क) को धनपालथान–४ स्थित कर्सिया बजारमा प्रदेशस्तरीय कार्यक्रम सम्पन्न भएको छ।

 

मोरङ जिल्ला कार्यसमितिको निर्देशनमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोशी प्रदेशसभा सदस्य सूर्य नारायण माझीले नेपाली कांग्रेसलाई जनताको समस्या बुझ्ने र पार्टीलाई अझ बलियो बनाउने अभियानको मुख्य उद्देश्यबारे प्रकाश पारे।

 

विशिष्ट अतिथिका रूपमा उपस्थित मोरङ जिल्ला सचिव मोदराज घिमिरे, महासमिति सदस्य तथा पूर्वमन्त्री गयानन्द मण्डल, हरिलाल सिंह, रामनारायण मण्डल, र अन्य नेताहरूले पार्टीलाई सुधार गर्दै जनतासँगको सम्बन्ध थप सुदृढ बनाउने अभियानमा जोड दिएका छन्।

 

कार्यक्रममा महाधिवेशन प्रतिनिधि, जिल्ला समिति, क्षेत्रीय सभापति जीवन गच्छदार, प्रदेश समिति सदस्य, रंगेली नगर सभापति जगन्नाथ मण्डल, धनपालथान सभापति दीपकविर पाण्डे, वडा समिति, र भातृ संगठनका प्रतिनिधिहरूको सक्रिय उपस्थिति थियो।

 

कार्यक्रमले कांग्रेसको “जनतासँग प्रत्यक्ष संवाद” र “समस्या समाधानको पहल” गर्ने दृष्टिकोणलाई नयाँ उचाइ दिएको आयोजकहरूले बताएका छन्।

 

प्रकाशित मिति: २०२४-१२-२१ , समय : २१:४८:०४ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित