आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
मिति: २०२३-०३-३० , समय : १२:४०:५९ , आवर प्रदेश
मिति: २०२३-०३-३० , समय : १२:४०:५९ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं, १६ चैत /सुनसरी, हरिनगर गाउँपालिका-२ सिडियो चोक बस्ने इस्लाम अंसारीले आफ्नै घर नजिकै खेतमा प्रदेश १(०२(००३ त १७२७ नम्बरको ट्याक्टरबाट गहुँमा थ्रेसर लगाउने क्रममा आगो सल्किएर अन्सारीको गोठ ,परालको माच, ट्याक्टर र थ्रेसरमा बुधबार दिउँसो आगलागी हुँदा करिब १९ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
त्सैगरी दोलखा, तामाकोसी गाउँपालिका-३ लिंगेडांडा बस्ने तिलक बहादुर महतको घरमा बुधबार दिउँसो आगलागी हुँदा घर, अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायतका समान गरी करिब १२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
त्सैगरी तेह्रथुम, आठराइ गाउँपालिका-१ पुरानो गाउँस्थित खमारेरसिंहदेवी सामुदायिक बनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने जुरमान फोम्वोको घर र रीता फोम्वोको गोठमा बुधबार दिउँसो आगलागी हुँदा करिब ९ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सप्तरी, बोदेबर्साइन नगरपालिका(३ मधुवन टोल बस्ने कपिल देव यादव सहित ४ जनाको घरमा गएराति आगलागी हुँदा घर, भाँडावर्तन, लत्ताकपडा लागायतका सामान जलेर करिब ५ लाख ८६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्सैगरी धनकुटा, महालक्ष्मी नगरपालिका-६ थुम्लिङस्थित भिर पाखामा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने नगेन्द्र कार्कीको घरमा बुधबार दिउँसो आगलागी हुँदा करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
त्सैगरी नवलपरासी ९पश्चिम०, रामग्राम नगरपालिका-३ लोकतान्त्रिक चोकस्थित रुपन्देही कोटहीमाई गाउँपालिका-८ बोगडी बस्ने २८ वर्षीय राजेश गुप्ताको ओम शाही ग्यारेण्टी गहना एण्ड फेन्सी स्टोरमा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा विभिन्न किसिमका कपडा, कस्मेटिक सामान लगायतका सामानहरु जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
यसैगरी, नवलपरासी ९पश्चिम०, सुनवल नगरपालिका(७ चारपालास्थित लक्ष्मी स्टिल लिमिटेड इलेक्ट्रोनिक प्यानलमा गएराति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
रौतहट, माधवनरायण नगरपालिका(३ सखुववास्थित ऋद्दी सिद्दी प्लाईबोड ईन्डिट्रिजमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा करिब ८६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको ।
यसैगरी रौतहट, गौर नगरपालिका(४ बस्ने मुनिफ मियाँको मुनिफि पोल्ट्रि फर्ममा बुधबार राति आगलागी हुँदा कुखुराको चल्ला २५ सय वटा, कुखुराको दाना १ सय ३० बोरा लगायतको सरसामान जलेर करिब २३ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०३-३० , समय : १२:४०:५९ , २ वर्ष अगाडि