सुनबर्सी–९ भेडवाथनमा बस दुर्घटनामा गम्भीर घाइते जयप्रकाश दासको उपचारको क्रममा मृत्यु।
मिति: २०२४-१२-२३ , समय : ०९:१४:५० , Our Pradesh
मिति: २०२४-१२-२३ , समय : ०९:१४:५० , Our Pradesh
Our Pradesh
सुनबर्सी–९ भेडवाथनमा बस दुर्घटनामा गम्भीर घाइते जयप्रकाश दासको उपचारको क्रममा मृत्यु।
मोरङ, सुनबर्सी नगरपालिका–९ भेडवाथनमा मंसिर ३ गते भएको बस दुर्घटनामा गम्भीर घाइते भएका सुनबर्सी–५ का जयप्रकाश दासको उपचारकै क्रममा मृत्यु भएको छ।
प्रत्यक्षदर्शीका अनुसार, बसबाट ओर्लिन नपाउँदै गाडी अगाडि बढाउँदा जयप्रकाश दास गम्भीर घाइते भएका थिए। घटनाका बेला बसमा न कन्डक्टर थियो, न त खलासी। चालकले कन्डक्टर र खलासीको काम पनि आफैं गर्दै आएका कारण यस्तो लापरवाहीपूर्ण घटना भएको बताइएको छ।
घटनापछि गम्भीर घाइते दासलाई तत्काल रंगेली अस्पताल पुर्याइएको थियो। थप उपचारका लागि न्युरो हस्पिटल लगिएको थियो, तर मिति २०८१ साल पुष ६ गते राति करिब ११ बजे उपचारकै क्रममा उनको मृत्यु भएको डाक्टरहरूले पुष्टि गरेका छन्।
यस घटनाले मृतकका परिवारलाई गहिरो शोकमा डुबाएको छ। साथै, यातायात व्यवस्थापनमा देखिएको लापरवाही र सुरक्षा उपायहरूको कमीप्रति गम्भीर प्रश्न उठाएको छ।
हाल बस र चालक इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा छन्, र घटनाबारे विस्तृत छानबिन भइरहेको प्रहरीले जनाएको छ।
यस घटनाले चालक र यातायात व्यवस्थापनमा सुधार आवश्यक रहेको स्पष्ट पारेको छ। यातायात सञ्चालन गर्दा यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न स्थानीय निकायले कडा नियम लागू गर्नुपर्ने देखिन्छ।
प्रकाशित मिति: २०२४-१२-२३ , समय : ०९:१४:५० , ४ महिना अगाडि