लेखा समिति सभापतिले फरार भनिएकी श्रीमतीको बिदा थपको पत्र विद्यालयमा पठाएपछि…

मिति: २०२४-१२-२४ , समय : २०:५५:१६ , Our Pradesh

Our Pradesh

लेखा समिति सभापतिले फरार भनिएकी श्रीमतीको बिदा थपको पत्र विद्यालयमा पठाएपछि…

मंगलबार ०९ पुस, २०८१

 

विराटनगर।

मोरङको कर्सियास्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा फरार रहेकी अञ्जला कोइरालाको स्कुल बिदा थपको निवेदन उनका श्रीमान् तथा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले विद्यालयमा पठाएको विषय सतहमा आएको छ।

 

स्रोतका अनुसार, सभापति पोखरेलले श्रीमती अञ्जला कोइरालाको नाममा तयार पारिएको निवेदन विराटनगरको महेन्द्र रात्रि माविका प्रधानाध्यापक झङ्कनाथ पराजुलीलाई पठाएका थिए। कोइराला सो विद्यालयकी शिक्षिका हुन्।

 

सहकारी ऐन अन्तर्गत कोइरालासहित २६ जनाविरुद्ध ठगीको मुद्दा दायर भएपछि उनी विद्यालयबाट बिदामा बसेकी थिइन्। पाँच दिनको बिदा गत शुक्रबार सकिएपछि सभापति पोखरेलले नै निवेदन पठाएर बिदा थप गराउन प्रयास गरेका हुन्।

 

सहकारी ठगी प्रकरण

यो ठगी प्रकरणमा धनपालथान गाउँपालिका–४ का पूर्वअध्यक्ष रोशन राजवंशी प्रहरी नियन्त्रणमा रहेका छन्। राजवंशीले २०७३ सालमा सिभिल बैंकबाट ८० लाख रुपैयाँ ऋण निकालेको र सो रकमको अधिकांश भाग सहकारी अध्यक्ष रौनियारले प्रयोग गरेको दाबी गरेका छन्। रौनियारले ऋण नतिरेपछि आफू समस्यामा परेको भन्दै राजवंशीले प्रहरीमा हाजिर गरेका थिए।

 

जिल्ला अदालत मोरङले बाँकी २५ फरार प्रतिवादीहरूलाई समाह्वान जारी गरेको छ। कोइरालाले पनि अदालतको समाह्वान जारी भएपछि बिदा लिएकी थिइन्।

 

सांसद पोखरेलद्वारा श्रीमतीको नाममा निवेदन पठाइएपछि यो मुद्दाले थप विवाद र चासो उत्प

न्न गरेको छ।

 

प्रकाशित मिति: २०२४-१२-२४ , समय : २०:५५:१६ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित